एपिसोड ३ लाभको बाँडफाँटः समयः ९:२१: Nepali

Get REDDY: The Podcast Series

Mar 28 2023 • 9 mins

विश्व भरी नै जलवायु परिवर्तनको कारणले हुने क्षति, आफ्नो जीविकाको लागि खेती र वन उत्पादनमा निर्भर रहेका आदिवासी समुदायहरुका लागि जोखिम हो । तर राम्रो वन व्यवस्थापन र खेती गर्ने अभ्यासले वायुमण्डलबाट कार्बन अवशोषीत गरेर रुखको काठ वा माटोमा भण्डारण गर्न सक्दछ र जलवायु परिवर्तनसँग लड्न र जमिनलाई थप उत्पादनशिल बनाउन सक्छ । विश्व बैंक र अन्य संस्थाहरुको सहयोगमा कार्यान्वयन भएका कार्यक्रमहरुले आदिवासी किसानहरुलाई उनीहरुको भूमिको दिगो रुपमा उपयोग गर्न र कृषि आम्दानी बढाउन सहयोग गर्दछ । महिलाहरु जमिनमा धेरै काम गर्ने भएकोले यस सम्वन्धि प्रयासमा उनीहरुको भूमिका प्रमुख छ । हाम्रो पोडकास्ट शृंखला गेट रेडी (Get REDDY) को यो एपिसोडमा केन्याका दुई महिलाको अनुभव सुन्नुहोला ।